माघ २६ गतेबाट फिल्म ‘कृ’ रिलिज हुँदैछ । यो फिल्ममा अभिनेता अनमोल केसी र अभिनेत्री अदिती वुढाथोकी मुख्य भूमिकामा छन् । फिल्मको प्रदर्शन मिति नजिकिदै छ । तर, अझै यो फिल्मको एउटा गीत खिच्नै बाँकी छ । मैले जानी नजानी बोलको गीतको छायांकनका लागि करिब १० जनाको टोली स्कटल्याण्ड जाने भएको छ । कथाको माग अनुसार नै आफूहरुले स्कटल्याण्डमा फिल्मको यो गीत खिच्न लागेको निर्माता सुवास गिरीले बताए ।

यो गीतको छायांकनका लागि निर्माता भूवन केसी, निर्देशक सुरेन्द्र पौडेल, प्रोडक्शन डिजाइनर शंकर पाण्डे पनि स्कटल्याण्ड जानेछन् । तर, रोचक कुरा फिल्मको गीत खिच्ने टोलीमा अभिनेत्री जीया केसी पनि छिन् । जो, भूवनको साथमा स्कटल्याण्ड जानेछिन् । भूवन र जीया लामो समयदेखि एकसाथ रहँदै आएका छन् ।

For More videos Log on to Mazzako TV