फिल्म ‘गरुड पुराण’ निर्माण हुने भएको छ । फिल्म ’अपवाद’ निर्देशन गर्दै यो क्षेत्रमा प्रवेश गरेका सुशन प्रजापति र सुवास कोइरालाले यो फिल्मलाई संयुक्त रुपमा निर्देशन गर्दैछन । कमेडी जनराको कथामा निर्माण हुन लागेको फिल्ममा कर्मा, कामेश्वर चौरसिया, प्रविन खतिवडा, नाजिर हुसेन लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । यहि फिल्म मार्फत नव–अभिनेत्री प्रियंका सिंह ठकुरी फिल्म क्षेत्रमा भित्रदैछिन् ।

फिल्ममा लुनिभा तुलाधर, प्रकाश घिमिरे, बसन्त भट्ट, नरेश पौडेल लगायतका कलाकारको पनि अभिनय रहनेछ । फिल्मको छायांकन भोलीबाट सुरु हुनेछ । फिल्मलाई प्रस्तुतकर्ता सुशन प्रजापतिले नै खिच्नेछन् । अजित फिल्म्स्को ब्यानरमा निर्माण हुने फिल्मको छायांकन काठमाण्डौ वरपर नै गरिनेछ । विभिन्न पात्रहरुको उद्देश्य र शैलीमा यो फिल्म बन्नेछ ।

For More videos Log on to Mazzako TV