नायिका केकी अधिकारीले निर्माण गरेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ को पहिलो गीत सोमबार सार्वजनिक भयो । बिशाल भण्डारीको डेब्यु निर्देशनमा निर्माण भएको फिल्मको ‘सि ओेडब्लु काउ’ बोलको गीत गीतलाई नेपाली फिल्मी कलाकारले मज्जाले सर्पाेट गरेका छन् । प्राय जसो चलचित्रकर्मीले फेसबुकमा सेयर गरेका हुन् ।उक्त गीत अहिले ट्रेण्डिङ नम्बर ६ मा रहेको छ ।

गीतमा राजनराज सिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ । राजनराजलाई गायिका मेलिना राईले स्वरमा साथ दिएकी छिन् । लोक, पप र आधुनिक फ्लेवर मिश्रण गीतको भिडियोमा नायिकाहरु केकी अधिकारी र रीमा विश्वकर्मासँगै कलाकारहरु विनोद न्यौपाने र गम्भीर विष्ट प्रस्तुत छन् ।

   

      

For More videos Log on to Mazzako TV