अभिनेत्री स्वेता खड्काका आँखा फिल्म ‘कान्छी’ को ट्रेलर सार्वजनिक कार्यक्रममा रसाए । फिल्मको ट्रेलर सार्वजनिक गर्नु अगाडि सबैबाट धेरै माया पाएको भन्दै स्वेता भावूक बनिन् । यसपछि, पत्रकारसँग साक्षात्कार गर्ने क्रममा स्वेता फेरि भावूक बनिन् । फिल्ममा अभिनेता श्रीकृष्ण श्रेष्ठको नाम र उनको ब्यानर किन समावेश नगर्नुभएको भन्ने प्रश्नमा उनी भावूक बनिन् ।

श्रीकृष्णलाई आफूले संझनका लागि पहिला उनलाई विर्सन पनि त पर्यो भन्दै स्वेता भावूक बनिन् । फिल्म वा सार्वजनिक कार्यक्रममा स्वेता प्राय श्रीकृष्णको प्रसंग आउँदा भावूक बन्ने गरेकी छिन् । फिल्ममा मुख्य कलाकारहरु दयाहाङ राई, अनु शाह उपस्थित थिएनन् । अनु शाह फिल्मको प्रचारमा हिडेकी छैनन् । उनी, कुनै पनि ‘कान्छी’ को कार्यक्रममा उपस्थित भएकी छैनन् ।

For More videos Log on to Mazzako TV