अभिनेत्री पूजा शर्मालाई दर्शकले अभिनेता प्रदिप खड्का र पल शाहसँग रुचाए । यी दुई अभिनेतासँग पूजाको जोडी सुहाएपछि उनको नयाँ फिल्ममा कुन अभिनेता हुने हुन् भन्ने चर्चा पनि भयो । पूजा शर्माको अभिनय तथा निर्माणमा बन्न लागेको नयाँ फिल्म ‘रामकहानी’ का लागि अभिनेता फाइनल भएका छन् ।

यो फिल्ममा अभिनेता आकाश श्रेष्ठले पूजासँग काम गर्नेछन् । आकाश फिल्म ‘म त तिम्रै हुँ’ बाट फिल्म क्षेत्रमा आएका हुन् । पूजासँग काम गर्दा प्रदिप र पललाई फाइदा नै भयो । फिल्म क्षेत्रमा व्यस्त भएपनि नचम्किएका आकाश सुदर्शन थापाले निर्देशन गर्न लागेको नयाँ फिल्मबाट चम्कने अपेक्षा गर्न सकिन्छ । फिल्ममा पूजा शर्मा, केदार घिमिरे, विल्सन विक्रम राई, जितु नेपाल, रविन्द्र झा फाइनल भैसकेका छन् । फागूण १ गतेबाट फिल्मको छायांकन सुरु हुनेछ । फिल्मको प्रदर्शन मिति भदौ २२ गतेलाई तोकिएको छ ।

For More videos Log on to Mazzako TV