अभिनेत्री श्वेता खड्काको प्रतिक्षित फिल्म ‘कान्छी’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । आकाश अधिकारी निर्देशित फिल्मको ट्रेलरले मन छुन्छ । श्वेता र अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको ‘कान्छी’ को ट्रेलरमा उनिहरुको केमेष्ट्री पनि मज्जाकै छ । यसअघि सार्वजनिक भएको ‘चरी चट्ट परी’ बोलको गीतले फिल्मलाई प्रतिक्षित बनाइसकेको छ ।

फागुन ५ गतेबाट अलनोपल सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘कान्छी’ मा श्वेता र दयासँगै नीर शाह, अनु शाह, कामेश्वर चौरसिया, आशान्त शर्मा, प्रज्जवल सुजल गिरी, भूमिका श्रेष्ठ लगायतको अभिनय छ । पुरुषोत्तम प्रधानको छायाँकन, अर्जुन पोखरेल र राजनराज सिवाकोटको संगीत रहेको ‘कान्छी’ मा बसन्त श्रेष्ठको कोरियोग्राफी छ । निर्माताको रुपमा श्वेतासंगै शैलेश खड्का र रविन खड्का सह निर्माताको रुपमा रहेका छन् । फिल्मलाई याम थापाले लेखेका हुन् ।

For More videos Log on to Mazzako TV