अभिनेत्री पुजा शर्मा तथा पल शाह अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु’ को अर्काे गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । सुर्दशन थापा निर्देशित फिल्मको ‘किन आजकाल’ बोलको गीतलाई युट्युबमा करोड भन्दा बढी पटक हेरिएको हो । यसअघि यहि फिल्मको ‘भन्छु आज’ बालेको गीत करोड क्लबमा प्रबेश गरिसकेको छ । अम्बिका शर्माको शब्द रहेको ‘किन आजकाल’ बोलको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ । गीतमा संगीतकार अर्जुनकै स्वर छ । गीतको भिडियोमा फिल्मका मुख्य नायक नायिका पूजा र पलको केमेष्ट्रि मज्जाको छ ।

कविराज गहतराजको कोरियोग्राफि सबैको आँखामा बस्न सफल छ नै अझ मज्जाको कुरा त के छ भने, कलाकारको प्रस्तुती, सुन्दर दृश्य आकर्षक कस्ट्युम लोभलाग्दा छन् । सुदर्शन र पूजाले निर्माण गरेको ‘म यस्तो गीत गाउँछु’ ले व्यापारिक सफलताको स्वाद चाखिसकेको छ । पूजा र सुर्दशन थापा मिलेर नयाँ फिल्म ‘रामकहानी’ निर्माण गर्दैछन् । फिल्ममा कमेडी जनराका चर्चित नाम केदार घिमिरे, जीतु नेपाल, विल्सन बिक्रम राई, रबिन्द्र झा लगायत फाइनल भैसकेका छन् । यसले गर्दा पनि फिल्मको हाइप मज्जाकै हुने फिल्मी बजारमा चर्चा छ ।

 

For More videos Log on to Mazzako TV