10012442_301041470049210_600596380_nभारतीय टिभी जीटिभीको चर्चित रियालिटी शो डिआइडी (डान्स इन्डिया डान्स)मा नृत्यको जादू छरेका चार नेपालभाषी डान्सर प्रदीप गुरुङ, सौम्या राई, ओम क्षेत्री, नरेशविर सिंह र सुनिल क्षेत्री आफनो नृत्य प्रस्तुत गर्न नेपाल आउने भएका छन् ।

यही चैत २५ गते काठमाण्डौ ज्ञानेश्वरस्थित सानोगौचरनको मैदानमा आफ्नो नृत्यको जादु छर्नेछन् । उक्त धुमधडाक डान्स सो को नाम ‘लेट्स डान्स’ राखिएको छ । उक्त कार्यक्रममा नेपालका चर्चित कलाकारको पनि प्रस्तुति दिनेछन् ।

संयुक्त अपांग एकता आवाज केन्द्रको सहयोगार्थ कस्तुरी भिजन प्रालिले उनीहरुलाई नेपाली मञ्चमा उतार्न लागेको हो ।

सौम्या भारतीय टीभीकै चर्चित रियालिटी शो ‘बुगीवुगी लिटिल चाम्स’को फस्ट रनरअप बनेकी थिइन् । त्यसैगरी उनले डिआइडी लिटिल चाम्समा तेस्रो स्थानसम्म पुगेकी थिइन् ।

अर्का बाल डान्सर ओम क्षत्री ७ वर्षको उमेरमा डिआडी लिटिल चाम्सको फस्र्टरनरअप भएका थिए । उनको भर्सटायल नृत्यको बलिउडका टप सेलिब्रिटीले पनि तारिफ गरेका थिए ।

त्यसैगरी यसपटक नेपालमा धुम मच्चाउने तयारीमा रहेका प्रदीप गुरुङ डिआडी सिजन ३ मा धेरैले रुचाएका डान्सर हुन् । उनी उक्त शोमा ‘ट्रेन्सकी टोली’ अन्र्तगत थिए । प्रदीप, डान्स प्रशिक्षक ट्रेन्स लिविसका फेबरेट डान्सर पनि थिए । उनी डिआडी सिजन ३ मा फस्र्ट रनरअप भएका थिए ।

त्यसैगरी इन्डियका ठूलो रियालिटी शोमा देखिएका नेपाली हुन् सुनिल क्षेत्री । उनले पनि डिआडी सिजन ४ मा राम्रो चर्चा कमाएका थिए । डिआइडीमैँ सिजन २ मा नेपालको सुर्खेतका नरेशवीर सिंहले धमाका मच्चाएका थिए । रेम्बोको रंगिला अन्र्तगत नृत्य प्रस्तुत गरेका उनी टप टेनसम्म पुगेका थिए ।

डान्सकलाबाट सम्मोहित सबै हुने भन्दै नेपालभाषी कलाकारलाई नेपाली भूमिमा प्रत्यक्ष देखाउन कार्यक्रमको आयोजना गरिएको आयोजमध्येका एक राजेन्द्र सेढाइ बताउछन् । उनले भने, ‘सामाजिक सेवाका साथै नेपालभाषी डान्सरलाई नेपाली स्टेजमा देखाउनका लागि कार्यक्रमको आयोजना गरिएको हो ।’

कार्यक्रममा निर्वाण एण्ड म्युजिक लिंक, बिबोइङ ग्रुप एभरेस्ट क्र्यु र हिपहप ह्यान्ड टू ह्यान्ड, गायक प्रमोद खरेल, डम्बर नेपाली, डान्सर शंकर विसी, पार्वती राई, विजय थापाका साथै चर्चित हाँस्यकलाकारको पनि प्रस्तुति रहने बताइएको छ ।

कार्यक्रमका लागि टिकट मूल्य ५ सय र १ हजार रुपैयाँ तोकिएको छ ।

For More videos Log on to Mazzako TV