लामो समयपछि फिल्म निर्देशनमा फर्किन लागेका निर्देशक अशोक शर्माको फिल्ममा अभिनेत्री स्वस्तिमा खड्काले मुख्य भूमिका निर्वाहा गर्ने भएकी छिन् । अशोक शर्माको यो फिल्ममा सौगात मल्ल र खगेन्द्र लामिछाने फाइनल भैसकेका छन् । फिल्मको कथा पनि खगेन्द्र आफैले लेखिरहेका छन् । फिल्मको निर्देशनमा अशोकका छोराले साथ दिनेछन् ।

स्वस्तिमा फिल्म ‘२ रुपैयाँ’ मा समावेश गरिएको ‘कुटुमा कुटु’ बोलको गीतमा अभिनय गरेपछि चर्चामा थिइन् । फिल्म आउँदो बर्षको दशैमा रिलिज गर्ने तयारी पनि गरिएको छ । डीसीएनको संचालक भएपछि अशोक फिल्म निर्माणबाट टाढिएका थिए । आउँदो बर्षको दशैमा दीपकराज गिरी र दीपाश्री निरौलाले निर्देशन गर्न लागेको फिल्म ‘छक्का पन्जा ३’ पनि रिलिज हुने पक्का भएको छ ।

 

 

For More videos Log on to Mazzako TV