आइटममा पनि बोल्ड अभिनेत्री नीता ढुंगाना लामो समयपछि मिडियामा देखिइन् । उनी, यसरि मिडियामा देखिनुको कारण थियो फिल्म ‘हुर्रे’को एक आइटम गीत रिलिज । अभिनेत्री नीताले पहिलो पटक यसरि आइटम गीतमा काम गरेकी थिइन् । नीताले आइटम गीत मन परेकाले आफूले काम गरेको पनि बताइन् ।

नीता नृत्यमा पोख्त भएपनि बोल्ड अवतारमा आइटममा देखिएकी भने थिइनन् । नीताले निकै हट अवतारमा आइटम नृत्य गरेकी छिन् । नीताको कम्मरमा ट्याटु समेत देखिएको छ । यो ट्याटु नक्कली भएको भन्दै पत्रकार सम्मेलनमा उनले देखाइन् । तर, गर्धनमा भने उनको सक्कली ट्याटु नै छ ।

For More videos Log on to Mazzako TV