शुक्रबारदेखि रिलिज भएको फिल्म ‘लालपूर्जा’ले समिक्षा मात्र खराब पाएन, व्यापार पनि खराब नै गरेको छ । शुक्रबारदेखि रिलिज भएको फिल्मले शनिबार पनि हलमा दर्शक तान्न सकेन । अभिनेता सौगात मल्ल, विपिन कार्की, मिरुना मगर, कामेश्वर चौरासिया जस्ता कलाकार भएको यो फिल्म पूर्ण रुपमा बक्स अफिसमा असफल भयो ।

फिल्मलाई निगम श्रेष्ठले निर्देशन गरेका हुन् । बक्स अफिसमा असफल भएपछि सौगात र विपिनको स्टारडममाथि नै प्रश्न पनि उठेको छ । एक नयाँ फिल्मका लागि १८ लाख पारिश्रमिक लिएका विपिन असफल देखिएका छन् । फिल्म ‘छड्के’ बाट समेत आलोचित भएका निर्देशक निगम यो फिल्मबाट पनि असफल देखिए ।

For More videos Log on to Mazzako TV