सिंगल थिएटरमा अझै पनि अभिनेता निखिल उप्रेतीको स्टारडम बाँकी छ भनिन्छ । के शुक्रबारदेखि रिलिज भएको फिल्म ‘पिजडा ब्याक अगेन’ले निखिलको स्टारडमलाई बचायो त ? वितरक गोपालकाजी कायस्थका अनुसार यो फिल्मले २ दिनमा ६६ लाख ग्रस कलेक्शन गरेको छ । शनिबार फिल्मको व्यापार सिंगल हलमा सुखद रहेको थियो ।

शुक्रबार राजधानीमा १२ र शनिबार २६ लाखको व्यापार फिल्मले गरेको कायस्थले बताएका छन् । काठमाण्डौ बाहिर फिल्मले २ दिनमा २८ लाखको व्यापार गरेको वितरकको भनाई छ । तर, फिल्मको यो ओपनिङ निखिलको स्टारडम अनुसारको भने होइन । अभिनेता निखिल र अभिनेत्री सारा शनिबार हलमा पनि पुगेका थिए । हिमाल केसीले फिल्मको निर्देशन गरेका हुन् । धेरैले यो फिल्मलाई यस अगाडि नै निर्माण भएको फिल्म ‘आफन्त’ जस्तो पनि भनेका छन् ।

For More videos Log on to Mazzako TV