10172726_300805220072835_7030718_n‘बि. एफ. एफ.’ अर्थात ‘बेष्ट फ्रेण्ड फरेभर’ नामक चलचित्र बन्ने भएको छ । चलचित्रका निर्देशक फिल्मको मुख्य अर्कषण भईरहेका छन् । उनी १९ बर्षका मात्र छन्, प्लस टु पढीरहेका उनको नाम उत्सव थपलिया हो । उनी सबैभन्दा कान्छो निर्देशकको परिचय बनाउने ध्याउन्नेमा लागेका छन् ।

मंगलबार काठमाण्डौमा पत्रकार भेटघाटको कार्यक्रम राखेर चलचित्र ‘बेष्ट फ्रेन्ड फरेभर’ औपचारिक रुपमा निर्माणको घोषणा गरिएको हो । साथीत्वको बिषेश सम्बन्धलाई चलचित्रले बोल्ने निर्माता एसान अलि बताउछन् ।

‘१९ बर्षे केटोले के गर्छ र ?’ भन्नेहरुको लागि राम्रो चलचित्र बनाएर गतिलो जवाफ दिने निर्देशक उत्सब थपलिया बताउछन् । ‘मेरो उमेरले मलाई जज् नगर्नुहोला, संसारमा परिवर्तन ल्याउने कुराहरु पनि सानो स्वरुपमा नै हुन्छन’, १९ बर्षे ठिटो निर्देशक थपलियाले खिल्ली उठाउनेहरु प्रति लक्षित गर्दै यस्तो प्रतिक्रिया दिएका छन् । चलचित्रलाई अर्का १९ बर्षे ठिटो लोचन आचार्यले लेखेका हुन् ।

टिनएजरहरु बीचको फ्रेन्डसिपको कथा बोल्ने यस चलचित्रले लभ, रोमानस र एक्सनलाई पनि जोडदार रुपमा प्रस्तुत गर्ने बताईएको छ । चलचित्रमा सबै कलाकारहरु नयाँ अनुहारहरु रहेका छन् ।

फिल्ममा मनिष न्यौपाने, आलिया खतिवडा, रिमा शाही, सृजना पोखरेल, निशा बुढाथोकी, सिम्रन लुईटेल, आरुष गुरुङ्ग, एवन उप्रेती, विक्की फैज, राजन पुरी , हिमाल खत्री लगातको अभिनय हेर्न पाईनेछ ।

केही समयपछि नै फ्लोर जोईन गर्ने यस चलचित्रलाई दिनेश श्रेष्ठले खिच्नेछन् । चलचित्रका सहायक निर्देशक सोम जिसी हुन् । नेपालीमा चलचित्र बनाएर भोजपुरीमा समेत डबिङ्ग गर्ने योजना बनाईएको यस फिल्मा कार्यकारी निर्मात्रीको रुपमा रेखा घिमिरे रहेकी छिन् । चलचित्रमा नृत्य निर्देशकको रुपमा गोविन्द राई अनुबन्धित भएका छन् ।

For More videos Log on to Mazzako TV