याम थापा निर्देशित फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘हुर्रे’ को दोस्रो गीत रिलिज भएको छ । आइतबार राजधानीमा एक कार्यक्रको आयोजना गरि फिल्मको ‘बाँचे नी पशुपति मरे नी पशुपति’ बोलको गीत रिलिज गरिएको हो । काली प्रसाद बाँस्कोटा र एकतारेको शब्द रहेको गीतमा कालीकै संगीत रहेको छ । गीतमा जुमा लिम्बु र गीतकार तथा संगीतकार कालीप्रसादको स्वर छ । यसअघि सार्वजनिक भएको ‘ठेकीमा दही’ बोलको गीतले मज्जाको प्रतिक्रिया पाइसकेको छ । धार्मिक स्थल पुशपति क्षेत्रमा खिचिएको भिडियोमा नायिका नीता ढुंगाना हट आइटम डान्सरको रुपमा प्रस्तुत छिन् । उनीसँगै अंकित खड्का, राजाराम पौडेल, बिजय बरालको प्रस्तुती समेत मज्जाकै छ । भिडियोका कारियोग्राफर विक्रम स्वाँर हुन् ।


यम थापाको लेखन र निर्देशनमा बनेको कमेडी जनराको फिल्ममा केकी अधिकारी, अनुपबिक्रम शाही, संगीता नापित लगायतका कलाकारहरुको पनि मुख्य भूमिका छ । दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जेको निर्माणमा बनेको फिल्मलाई चन्दन दत्तले सम्पादन गरेका छन् ।

For More videos Log on to Mazzako TV