अहिलेका युवा स्टार अनमोल केसी भनेपछि नचिन्ने सायदै होलान । अझ युवा पुस्ता, त्यसमा पनि केटी ‘फ्यान फलोविङ्ग’ उनको निकै राम्रो छ । पर्दाका यि चलकेटी अनुहारले धेरै युवतीहरुको मन चोर्न सफल भएका छन् । सिनेमामा उनले बोलेका सम्बादहरु र उनको भुमिकालाई लिएर जो कोहीले अनमाल हाई फाई, स्टाईलिस, पार्टी गोयर, लेट नाईट सरफर होला भन्ने धारणा बनाउनु स्वभाविक हो । तर, अनमोलको रिल जिन्दगी र रियल जिन्दगीमा आकाश जमिनको फरक छ ।

उनी टाईममा सुत्ने अनि टाईममा उठ्ने, डेली स्क्याजुललाई फलो गर्ने ब्यक्तिमा पर्छन । अझ रमाईलो कुरा त के छ भने उनी पार्टी गर्ने भन्दा मन्दिर जाने, धर्मकर्ममा आस्था राख्नेमा पर्छन । साँझ सुत्ने बेलामा प्रवचन र भजनहरु सुन्ने उनको बानी छ ।

उनी उनका फ्यानहरुलाई जति सम्मान गर्छन उनलाई गाली गर्नेहरुलाई पनि धन्यवाद भन्छन् । अभिनय र नृत्यमा भएका कमजोरीहरुलाई सुधारेर सबैको मन जित्न उनी लागिपरेका छन् । उनको आगामी चलचित्र ‘कृ’मा पनि उनले त्यो प्रयास गरेका छन् ।

लाखौ युवतीहरुको सपनाको राजकुमार अनमोलको च्वाईस पनि निकै गज्जब लाग्न सक्छ तपाईलाई । उनलाई मिनिस्कर्ट लगाउने भन्दा कुर्ता लगाउने केटीहरु मन पर्छ रे । ‘कुर्ता लगाउने, लजालु स्वभावका केटीहरु देखेभने भुतुक्कै हुन्छ’, मुस्कान छर्दै उनी भन्छन्, ‘सबैले क्युट भन्छन् तर मलाई मेरो आफ्नै अनुहार भने मन पर्दैन’ ।

अनमोललाई उनको दात नमिलेको झै लाग्छ  रे अनि उनलाई आफ्नो आँखा र नाक पनि मन नपर्ने  बताउछन् । जहाँ गएपनि युवतीहरुबाट घेरिईहाल्ने युवास्टार अनमोल केसी तपाईलाई चाहि अनमोल कस्तो लाग्छ ?

हेरौै, भुवन केसी अनमोलको बारेमा के भन्छन् त ???

For More videos Log on to Mazzako TV