नाम तय नभएको अभिनेत्री पूजा शर्माले निर्माण गर्न लागेको नयाँ फिल्ममा हाँस्य कलाकारहरुलाई अनुवन्धन गर्ने क्रम जारी छ । हाँस्य कलाकार केदार घिमिरेले १० लाख पारिश्रमिक लिएर यो फिल्म खेल्दैछन् ।
अब, यो फिल्मका लागि नयाँ हाँस्य कलाकार पनि फाइनल गरिएको छ ।

हाँस्य कलाकार जितु नेपाललाई फिल्ममा अनुवन्धन गरिएको निर्देशक सुदर्शन थापाले जानकारी दिएका छन् । यसअगाडि नै फिल्ममा केदार घिमिरे, विल्सन विक्रम राई, रविन्द्र झा फाइनल भैसकेका छन् । फिल्ममा अभिनेत्री पूजा शर्माको पनि मुख्य भूमिका रहनेछ । फिल्मको छायांकन माघको अन्तिम साताबाट सुरु हुनेछ ।

फिल्मलाई लभ स्टोरी र कमेडी कथामा निर्माण गर्ने सुदर्शनले जानकारी दिएका छन् ।

For More videos Log on to Mazzako TV