अभिनेत्री सारा पहिलो फिल्म ‘रुद्र’बाट नेपाली फिल्ममा प्रवेश गरिन् । अभिनेता निखिल उप्रेतीसँग उनी फिल्म क्षेत्रमा आएपनि उनको खासै चर्चा भएन । कारण फिल्म चलेन ।
फिल्म नचलेपछि सारालाई पनि घाटा लाग्यो । दोश्रो फिल्म ‘पिजडा ब्याक अगेन’ बिहिबारबाट उपत्यका बाहिर रिलिज भएको छ । यो फिल्म पुरानै कथामा निर्माण भएको प्रतिक्रिया त आएको छ । तर, साराको कामको चौतर्फी तारिफ भने भएको छ ।


साराले नेपाली फिल्ममा संभावना देखाएको प्रतिक्रिया सबैले दिएका छन् । तर, सारा निखिलसँग काम गर्दा छायाँमा छिन् । निखिलको स्टारडम र द्धन्द्धमा घुमेको कथामा उनले फिल्म खेल्दा उनलाई घाटा लागेको छ ।
यसैले के अब निखिल क्याम्पबाट सारा बाहिर आउँदा राम्रो होला । फिल्म वृत्तमा चर्चा चल्न थालेको छ ।

For More videos Log on to Mazzako TV