फिल्म ‘ऐश्वर्य’ हिट भयो । यो फिल्म हिट भएपनि यसको क्रेडिट अभिनेत्री केकी अधिकारीले लिन पाइनन् । केकी अधिकारीले यो फिल्मको क्रेडिट लिन नपाउनुको कारण थियो, उनी प्रचारमा नहिड्न’ । यो फिल्म केकीको अभिनयका कारण चलेको भन्नेहरु पनि छन् । तर, केकी अधिकारीले फिल्मको प्रचारमा साथ नदिएपछि यसको क्रेडिट सबै नव अभिनेत्री दीपिका प्रसाइले लगिन् । दीपिका फिल्मबाट हिट त भइन्, तर उनले दोश्रो फिल्म साइन गरेको चर्चा छैन ।

फिल्म ‘मिस्टर झोले’ ले पनि राम्रै कमाई गर्यो । फिल्मको कमाइबाट निर्माता दंग छन् । तर, यो फिल्मकी मुख्य अभिनेत्री बर्षा राउतलाई केहि फाइदा भएन । कारण, यो फिल्मको प्रचारमा बर्षा देखिइनन् । फिल्म चल्ने बेलामा बर्षा अष्ट्रेलिया उडिन् । जसकाकारण, बर्षालाई फिल्म हिट भएपनि त्यसको क्रेडिट मिलेन ।

For More videos Log on to Mazzako TV