अभिनेत्री केकी अधिकारीको प्रस्तुतीमा बनेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ रिलिज हुने अझै टुंगो छैन । कहिले वैशाख १४ त कहिले चैत्र २३ को प्रदर्शन मिति सार्वजनिक भैरहेको छ । विशाल भण्डारीले निर्देशन गरेको यो फिल्ममा केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा मुख्य भूमिकामा छन् । अभिनेत्री रीमा विश्वकर्माले अभिनय गरेको एउटा गीत ५ दिनपछि रिलिज हुनेछ । केकी भने यो फिल्म वैशाख १४ मै आउने बताउँछिन् ।

केकीका अनुसार बलिउड फिल्म ‘२.०’ वैशाख १४ मा रिलिज भएन भने ‘कोहलपुर एक्सप्रेस’ वैशाख १४ मै आउँछ । तर, रजनीकान्तको यो फिल्म वैशाख १४ मा रिलिज भयो भने केकीको फिल्म सर्छ । तर, चैत्र २३ गतेलाई आफूहरुले कहिल्यै मिति नतोकेको केकी बताउँछिन् । फिल्मका निर्देशक विशाल भण्डारीको जन्मदिनमा यसका निर्माताले ‘कोहलपुर एक्सप्रेस २’ उपहार दिइसकेका छन् । तर, यो फिल्म बन्छ या बन्दैन यसको निर्णय ‘कोहलपुर एक्सप्रेस’ बनेपछि मात्र थाहा हुनेछ ।

For More videos Log on to Mazzako TV