बलिउडमा फिल्म ‘मेरी कोम’मा काम गरेपछि अभिनेता सुनिल थापा चर्चामा रहेँ । अभिनेत्री प्रियंका चोपडासँग पर्दा शेयर गरेका कारण पनि उनको चर्चा खुबै भयो । सुनिल अहिले नेपाली फिल्ममा नै व्यस्त छन् । उनी अभिनित फिल्म शेरबहादुर माघको १९ गतेबाट रिलिज हुँदैछ । यो फिल्ममा उनी शिर्ष भूमिकामा छन् । सुनिल शिर्ष भूमिकामा रहेकाले पनि यो फिल्म उनका कारण चल्नुपर्ने हुन्छ ।

सुनिलले यो फिल्मका लागि आफूले २ वटा बलिउड फिल्म नै छाडेको बताएका छन् । यसैले पनि सुनिलले यो फिल्मबाट कति आशा गरेका छन् भन्ने वुझ्न सकिन्छ । यो फिल्ममा कर्मा, मेनुका प्रधानको पनि मुख्य भूमिका छ । सुनिल थापा भने फिल्मको कथावस्तु निकै मन परेकाले बलिउड फिल्म नै छाडेको बताइरहेका छन् । सुनिललाई बलिउड फिल्म छाडेको ऋण शेरबहादुरले तिर्ला त ?

For More videos Log on to Mazzako TV