अभिनेता बिनय श्रेष्ठ तथा अभिनेत्री सृष्टी श्रेष्ठ स्टारर फिल्म ‘रोमियो एण्ड मुना’ फागुन ११ मा रिलिज नहुने भएको छ । फागुन ११ मै प्रदर्शनमा आउने भन्दै अगाडी नै फिल्म ‘साढे सात’ ले डेट सार्वजनिक गरेको थियो । विनय श्रेष्ठको निर्माण रहेको फिल्मलाई नरेश कुमार केसीले निर्देशन गरेका हुन् । उपत्यकामा फिल्म वितरणको जिम्मा पाएको कम्पनि स्टेसन फाइभले ‘रोमियो एण्ड मुनालाई’ पोष्टपोण्ड गर्दै फागुन ११ को डेट साढे सातलाई दिएको बुझिएको छ ।

अहिलेलाई अर्काे डेट फाइनल नभएको  निर्देशक नरेश कुमार केसीले बताए । ‘हामी पहिला काम सकाउछौ अनि मात्र डेट फाइनल गर्छौ’ निर्देशक केसी भने ‘काम त फागुन ११ मै काम सकिन्छ तर आपसी सहमतिमा फिल्म सारिएको हो ।’ बिकिनीका कारणले चर्चामा रहेको फिल्ममा विनय र श्रृष्टिको साथमा सुस्मा कार्की, प्रज्जवल सुजल गिरी, सुरक्षा पन्तको मुख्य भूमिका रहेको छ । फिल्ममा प्रसन्न गोपाल, रोजी श्रेष्ठ र राम शर्माको लगानी रहेको छ । टिजर, पोस्टर र दुई वटा रिलिज गरिसकेको ‘रोमियो एण्ड मुना’ चर्चामा छ ।

For More videos Log on to Mazzako TV