अभिनेत्री शिल्पा पोख्रल तथा मोडल दुर्गेश तथा अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपाली चलचित्र क्षेत्रमा चर्चित नाम शिल्पा र म्यूजिक भिडियोको क्षेत्रमा चर्चित नाम हो दुर्गेश थापा । यी दुईले अभिनय गरेको ‘तिम्रै माया लाग्छ’ बोलको म्यूजिक भिडियो हालै युटुब मार्फत रिलिज गरिएको हो । गायक रेगान एलएक्सले आवाज दिएको गीतमा संगीतकार टंक बुढाथोकीको शब्द, संगीत रहेको छ ।

क्रान्ति केसीले भिडियोको निर्देशन गरेका हुन् । अर्जुन तिवारीले खिचेको भिडियोलाई निर्देशक क्रान्ति केसीले नै सम्पादन गरेका छन् । नायिका शिल्पा अभिनित तथा निर्मित फिल्म ‘मंगलम’ यहि फाल्गुन २५ गते बाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँदै छ ।

For More videos Log on to Mazzako TV