युवाहरुको यौन मनोविज्ञानको कथामा आधारित फिल्म ‘मिस्टर भर्जिन’ को छायाँकन समाप्त भएको छ । विशारद बस्नेत निर्देशित फिल्मको आइटम गीतको छायाँकनसँगै क्यामराको काम सकिएको निर्माण युनिटले बताएको छ । उक्त आइटम गीतमा गौरव पहारी, छुल्ठिम गुरुङ र कमलमणि नेपाल फिचरिङ भएका छन् ।

फिल्ममा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोखरेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतले अभिनय छ । ‘मिस्टर भर्जिन’ १ करोड लगानीमा निर्माण भएको बताइएको छ ।


लेखन र मुख्य सहायक निर्देशन महेश दवाडी रहेको फिल्ममा सुरज पण्डित, श्रीकृष्ण वम मल्ल, बुलेट, आधासुर, आरजे, मिस्टर प्रिन्सको संयुक्त संगीत, रामेश्वर कार्कीको छायाँकन, विक्रम स्वार र दीपकमान सिंहको कोरियोग्राफी, दीपक ओलीको क्रियटिभ निर्देशन रहेको छ ।


वर्ल्ड वाइड फिल्म डिस्ट्रिब्युसनको व्यानरमा निर्माण भएको फिल्मलाई खिलेन्द्र तिमिल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र विशारद बस्नेतले मिलेर निर्माण गरेका हुन् । सहनिर्माताको रुपमा सन्दीप उप्रेती र मनिष खत्री छन् ।

For More videos Log on to Mazzako TV