अभिनेता दयाहाङ राई अभिनित फिल्म ‘नेप्टे’ को पहिलो गीत सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको ‘सुपारी काँचो’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा भानुभक्त ढकालको शब्द रहेको गीतमा ओम सुनारको सङ्गीत छ । गीतमा सावित्री जोशी र संगीतकार ओम सुनारकै स्वर रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा कलाकार बुद्धि तामाङ, छुल्ठिम गुरुङ, रोहित रुम्बा लगायत फिचर भएका छन् ।

देवकुमार श्रेष्ठले निर्देशित फिल्म आर रोशफी फिल्मस् र रोहित रुम्बाको प्रस्तुतिमा निर्माण भएको हो । फिल्ममा किरण माइकल घिमिरेको पटकथा र संवाद रहेको छ भने नेप्टेलाई निर्माता रोहित रुम्बा आफैले लेखेका हुन् । फिल्ममा दयाहाङसंगै, रोहित रुम्बा, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, पूर्णिमा लामा, अर्जुन गुरुङ, अरुणा कार्की लगायतको अभिनय छ । फिल्म चैत्र ३० बाट अलनेपाल रिलिज हुनेछ ।

For More videos Log on to Mazzako TV