फिल्म ‘लिलिबिली’मा अभिनेत्री प्रियंका कार्कीले आफू भन्दा धेरै कान्छा अभिनेता प्रदिप खड्कासँग स्क्रिन शेयर गरेकी छिन् । यो बिषयमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले पत्रकारका प्रश्नको जवाफ दिनुपर्यो । प्रियंकाले यो प्रश्नको जवाफ दिन आवश्यक नै नलागेको समेत बताइन् । उनले भनिन्–‘यहि कुरा अभिनेतामा किन लागू हुँदैन ।

आफू भन्दा धेरै कान्छी अभिनेत्रीसँग किन अभिनेताले काम गर्छन् ? सो समयमा किन प्रश्न उठ्दैनँ । हिरोइनमा मात्र यो प्रश्न किन ?’ प्रियंकाले प्रदिपसँग काम गर्दा रमाइलो लागेको बताइन् । आफूहरुको जोडी समेत सुहाएको उनको भनाई छ ।

For More videos Log on to Mazzako TV