बरिष्ठ फिल्मकर्मी उद्धव पौड्यालको पुर्णकदको प्रतिमा निर्माण गरिने भएको छ । नेपाल चलचित्र विकास कम्पनी लिमिटेडको २४ औं बार्षिक साधारण सभाले पौड्यालको प्रतिमा निर्माणको निर्णय पारित भएको हो ।नेपाल सरकारबाट विशिष्ट फिल्मकर्मीद्धारा बिभुषित उद्धव पौड्याल एनएफडिसीका पूर्व अध्यक्ष समेत हुन् । नेपाली फिल्म निर्माण, प्रदर्शन र वितरणसंगै संचार क्षेत्रमा पौड्यालको संलग्नता छ । एनएफडिसीको प्रेक्षलय परिसरका पौड्यालको प्रतिमा निर्माण हुनेछ ।

एनएफडिसीले आफ्ना व्यवसायिक रणनिती परिमार्जित गरेको अध्यक्ष उज्वल पौडेलले बताए । जस अनुरुप हाल एनएफडिसीमा चलचित्र छायाँकनका लागि ठूलो स्टुडियो, ग्राफिस र भिएफेक्सका लागि छुट्टै स्टुडियो निर्माण गरेको छ । ३ वटा रेड क्यामेरा सहति पोष्ट प्रोड्क्सनका सम्पुर्णका अहिले बालाजु स्थीति एनएफडिसीमा भइरहेको छ ।

For More videos Log on to Mazzako TV