दार्जेलिङमा नायक शाहलाई फ्यानहरुबाट जोगाउँन हम्मे हम्पे परेको छ । दार्जेलिङ पुलिसले आयोजना गरेको म्याराथनमा नेपाल बाट अतिथि बनेर पुगेका नायक पल र नायिका आचल शर्मालाई फ्यानहरुबाट जोगाउन मुस्किल परेको हो ।


बिहान म्यारथनको स्टेज पुगे देखी पल नाम लिदै चिच्याइरहेका उनका फ्यानहरु कार्यक्रम सकिए लगतै स्टेज चढ्न समेत भ्याए । भिडलाइ थाम्न नसके पछि दार्जेलिङ पुलिसका डि एस पी सिद्धार्थ दोर्जी ट्राफिक प्रमुख दोर्जे शेर्पा र सब इनिस्पेक्टर मिलन गुरुङले ५० भन्दा बढि प्रहरीको साथमा पललाइ मुस्किलले होटल सम्म पुर्याएको थिए । पल र आचलका का फ्यानहरुले होटलको गेट नछोडे पछी प्रहरी पुन पललाइ सार्बजनिक गर्नु परेको थियो ।

सुरक्षाका हिसाबले रोकिरहेको प्रहरीलाइ पल आफैले फ्यानहरु सग फोटो खिच्न दिन लाई अनुरोध गरे । उहाहरुको माया ले नै यहाँ सम्म आइपुगेको भन्दै भिडमा जान तयार भएका थिए । २ दिन सम्म दार्जेलिङमा बसेका पललाइ पुर्ण सुरक्षा दिइएको छ । दार्जेलिङ ट्राफिक पुलिस प्रमुख शेर्पाले भारतिय कलाकार आउदा भन्दा नेपाली कलाकार पल शाह र आचल शर्मा आउदा क्रेज धेरै भएकाले सुरक्षा ब्यबस्था मजबुत बनाइएको बताए ।

For More videos Log on to Mazzako TV