फिल्म ‘रुद्र’ले गतिलो व्यापार गरेन । यो फिल्ममा अभिनेता निखिल उप्रेती आफ्नै लगानी थियो । निखिलले यो फिल्मबाट सारालाई फिल्म क्षेत्रमा भित्राएका थिए । यो फिल्मले व्यापार राम्रो नगरेपनि निखिल र साराको जोडी भने जम्यो । यसपछि यी दुइले फिल्म ‘पिजडा ब्याक अगेन’मा काम गरेका छन् । यो फिल्म आउँदो शुक्रबार रिलिज हुँदैछ ।

अभिनेता निखिल उप्रेतीलाई सुपरस्टार बनाएको फिल्म ‘पिजडा’कै नामलाई लिएर यो फिल्म बनेको छ । तर, निखिल र साराको जोडी जम्नका लागि यो फिल्म चल्नुपर्ने हुन्छ । किनकी, सारा निखिलकै साहारामा फिल्म क्षेत्रमा जम्ने कोशिशमा छिन् । निखिलको द्धन्द्धात्मक शैलीलाई यो फिल्ममा पछ्याइएको छ । यो फिल्म चलेको खण्डमा सारा र निखिललाई दर्शकले अन्य फिल्ममा पनि देख्न पाउनेछन् । हिमाल केसीले यो फिल्मको निर्देशन गरेका हुन् । माघ ४ गतेबाट यो फिल्म रिलिज हुँदैछ ।

 

For More videos Log on to Mazzako TV