सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ ले निर्माण गरिरहेको ‘एकीकृत नमुना सन्तपुर बस्ती’ को ९० प्रतिशत काम सम्पन्न भएको छ । केहि फोटोहरु ‘धुर्मुस’ आफ्नो फेसबुकमा पोष्ट गर्दै बस्ती’ को ९० प्रतिशत काम सम्पन्न भएको जानकारी गराएका हुन् ।

रौतहटको चन्द्रपुरस्थित सन्तपुरमा असोज २८ गतेबाट काम शुरुभएको थियो । यतिखेर उक्त बस्तीमा भ्यु टावर र मन्दिर निर्माणको कार्य भईरहेको ‘धुर्मुस’ बताएका छन् । बस्तीमा ४७ वटा घर, एक सामुदायिक भवन, मन्दिर, खानेपानीको धारा, सार्बजनिक शौचालय, भ्यु टावर, आधारभूत तहको स्कुल, बगैंचा लगायतका संरचना निर्माण गरिएको छ ।


निर्माण भएका घरहरुमा यतिवेला रंङ्ग लगाउने र भुँईमा ढुङ्गा छाप्ने कार्य भईरहेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिए । यसरी तिब्र गतिमा निर्माण भईरहेको बस्ति आगामी माघ २४ गते एक कार्यक्रमका बिच हस्तान्तरण गर्ने समेत उनले जानकारी दिए ।

साथै जाडो र शीतलहर बढेका तराईका बिभिन्न ठाउँका स्थानियलाई न्यानो कपडा समेत धुर्मुस बितरण गरेका छन् । हेनुस् फोटो

    

For More videos Log on to Mazzako TV