अभिनेत्री बर्षा राउत र अभिनेता संजोज कोइराला प्रेममा परेको ७ बर्ष भैसक्यो । फिल्ममा काम गरेपनि यो जोडीलाई दर्शकले फिल्मको पर्दामा भने हेर्न पाएका छैनन् । बलिउडमा रियल लाइफ जोडीलाई रिल लाइफमा देखाउने प्रचलन बढ्दो छ । निर्देशक दीपेश सापकोटाले पनि यहि कुरा सोचेर होला बर्षा र संजोगलाई अब आफ्नो फिल्ममा जोडी बाँध्दैछन् । दीपेशको निर्देशनमा बन्न लागेको फिल्म ‘एउटा यस्तो प्रेम कहानि’मा बर्षा र संजोग एकसाथ देखिन लागेका हुन् ।

यो फिल्मका प्रस्तुतकर्ता अभिनेता शिव श्रेष्ठ हुन् । फिल्ममा दिनेश दर्शनधारी र यशोदा राइको लगानी रहनेछ । बसन्त सापकोटाले फिल्मको शिर्ष गीत तयार पारेका छन् । फिल्मको छायांकन नेपाल र अन्य ३ वटा देशमा हुनेछ । छायांकन अगाडिको पूर्व तयारीका लागि समय लाग्ने निर्देशक सापकोटाले जानकारी दिएका छन् । लभ स्टोरी कथामा बन्ने फिल्ममा महिला पात्रलाइ फोकस गरिनेछ ।

For More videos Log on to Mazzako TV