फिल्म ‘जाइरा’ को निर्माण हुने भएको छ । यो फिल्मको कथावस्तु बक्सिङ रोजिएको छ । फिल्मको निर्देशन आशुषोत श्रेष्ठले गर्दैछन् । फिल्मको छायांकन हुन अझै केहि महिना लाग्नेछ । फिल्म ‘पर्व’ पछि पर्दाबाट हराएकी अभिनेत्री नम्रता श्रेष्ठ फिल्मको मुख्य भूमिकामा हुनेछिन् । नम्रतालाई पर्दामा अभिनेता अनुप विक्रम शाहीले साथ दिदैछन् । अनुप र नम्रताको जोडी पहिलो पटक फिल्ममा देखिन लागेका हुन् ।

यो फिल्मका लागि अभिनेत्री नम्रताले आफ्नो शरीर समेत बनाएकी छिन् । उनी, बक्सिङको तालिममा समेत व्यस्त रहेको श्रोतले बताएको छ । कुनै पनि फिल्मका लागि कडा मिहिनेत गर्ने र शारीरिक रुपमा समेत उस्तै बन्ने कुरामा नम्रता अगाडि छिन् । यसैले पनि उनी लामो समयदेखि मिडियाको सम्पर्क बाहिर रहेको वुझिन्छ ।

 

For More videos Log on to Mazzako TV