छविराज ओझाले निर्माण गरेको ‘मंगलम’ को रिलिज डेट फेरी सरेर फागुन २५ गते प्रदर्शनमाआउँने फाइनल भएको छ । नायिका शिल्पा पोखरेल अभिनीत ‘मंगलम’ फागुन ४ मा ‘कान्छी’ र माघ २६ गते अनमोल केसी को ‘कृ’ प्रदर्शनमा आउने भएपछि फागुन २५ मा आउँने भएको हो । फागुन ४ अघि ‘मंगलम’ असोज ११ गते फिल्म ‘छक्का पञ्जा २’ सँग पनि जुध्न तयार भएको थियो । एफडी कम्पनीले एमजी दिने सहमती पश्चात यो मिति ‘छक्का पञ्जा २’ लाई छाड्दै ‘मंगलम’ ब्याक हटेको थियो ।

फिल्मको ‘पर्ख पर्ख मायालु’ बोलको गीतले ब्यापक चर्चा कमाईसकेको छ । नवल नेपालले निर्देशित फिल्म ‘मंगलम’ मा नायिका शिल्पा पोख्रेल प्रस्तुतकर्ता का रुपमा रहेकी छिन्, भने कार्यकारी निर्माता छविराज ओझा हुन् । फिल्ममा शिल्पा र पुष्पका अलावा पृथ्वीराज प्रसाई, नीर शाह, मिथिला शर्मा लगायतको अभिनय रहेकोछ । फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको पनि अभिनय छ । फिल्मको निर्मातामा दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङ रहेका छन् भने विष्णु घिमिरेको छायाँकन, दिपक शर्माको संगीत, गोविन्द फुँयालको कथा, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।

For More videos Log on to Mazzako TV