वास्तविक जीवनमा समेत जोडी रहेका उमेश थापा र कविता गुरुङको प्रेमकथामा तयार भएको फिल्म ‘बोबी’को पहिलो प्रिमियर नर्वेमा गरिने भएको छ । मिलन चाम्सले निर्देशन गरेको यो फिल्मको त्यहाँको मल्टिप्लेक्समा नै प्रिमियर गरिनेछ । यो स्थानमा हलिउडका चर्चित फिल्महरु मिसन इम्पोसिबल, जेम्स बोन्डका फिल्म पनि प्रिमियर भएका छन् । नर्वेमा रहेको नोर्डिक्स फिल्म वितरण कम्पनीले फिल्मको प्रिमियर गर्न लागेको हो । मे १० मा फिल्मको प्रिमियर नर्वेमा हुनेछ ।

यो फिल्ममा कविता गुरुङ, उमेश थापा, विजय लामा, रुवि राना, रवि गिरी लगायतका कलाकारको अभिनय छ । नर्वेमा रहेर इन्जिनियरिङ पेशामा आवद्ध उमेश र होटल म्यानेजर कविताको रोचक प्रेमकथामा यो फिल्म बनेको हो । फिल्ममा ताराप्रकाश लिम्बुको संगीत, नवराजकृष्णको छायांकन, अर्जुन जीसीको सम्पादन छ ।

 

For More videos Log on to Mazzako TV