निर्देशक दीपाश्री निरौला र निर्माता दीपकराज गिरीको फिल्ममा भन्दा बाहिरी फिल्ममा अभिनय नगरेका कलाकार केदार घिमिरेले एक बाहिरी ब्यानरको फिल्ममा काम गर्ने भएका छन् । अभिनेत्री पूजा शर्मा र निर्देशक सुदर्शन थापाले बनाउन लागेको अनटाइटल प्रोजेक्टमा केदार अनुवन्धित भएका छन् । यो फिल्मका लागि केदारसँग लामो समयदेखि कुराकानी भैरहेको थियो । केदारले फिल्मका लागि चर्को पारिश्रमिक समेत लिएका छन् ।

कुनै अभिनेताले भन्दा चर्को पारिश्रमिक लिएका केदारले यो फिल्म रिलिज अगाडि बाहिरी ब्यानरका फिल्ममा काम गर्ने छैनन् । ‘छक्का पन्जा ३’मा भने उनले काम गर्नेछन् । यो फिल्ममा अभिनेत्री पूजा शर्मा, विल्सन विक्रम राई फाइनल भैसकेका छन् । माघको अन्तिम महिनाबाट फिल्मको छायांकन सुरु हुनेछ । सुदर्शन थापाले फिल्मको निर्देशन गर्दैछन् ।

 

For More videos Log on to Mazzako TV