रंगमञ्च हुदै नेपाली फिल्म क्षेत्र प्रबेश गरेर आफ्नो अभिनय मार्फत चर्चा बटुल्न सफल एक कलाकार हुन्, कामेश्वर चौरासिया । उनको अभिनयलाई सबैले तारिफ गर्छन् । प्रत्येक फिल्ममा फरक–फरक क्यारेक्टर निकाल्ने कामेश्वर ठुलो सघर्ष पश्चात यो स्थानमा आएको बताउँछन् । उनि भन्छन्, मैलै पान बेच्ने देखि गाडी धुने काम सम्म गरे ।’ मज्जाको अनलाईनसंग कुरा गर्ने क्रममा उनले भने, ‘भोकै चाँही बसिएन् , जस्तो काम पनि गरे ।’ साथै उनलाई अब नाटकमा कहिले देख्न पाउने हाम्रो प्रश्नमा उनि भन्छन् ‘म तड्पी रहेकोछु । भित्रबाटै नाटक गर्न आतुर छु । ब्यस्त भएर नाटक गर्न पाएको छैन् ।’


रंगमञ्चबाट फिल्ममा आएपछि कामेश्वर निकै ब्यस्त छन् । उनि अभिनित फिल्म ‘राज्जा रानी’ अहिले अलनेपाल सार्वजनिक प्रदर्शन भैरहेको छ । ‘राज्जा रानी’ मा उनले गरेको क्यारेक्टरले पनि मज्जाको तारिफ पाइरएको छ । कामेश्वरसंग गरिएको मर्मस्पर्शी कुराकानी हेर्नुस् :

For More videos Log on to Mazzako TV