केहि दिनयता जाडोसँगै बढेको शीतलहरलाई लक्ष्ति गर्दै मैथिली फिल्म ‘राज्जा रानी’ ले सप्तरीमा लुगा वितरण गरेको छ । सोमबार सप्तरीको अतिप्रभावित बेल्ही चपेना गाउँपालिका वडा नं ५ को दलित बस्तीमा मैथिली युनिट लुगा वितरण गरेको हो । लुगाको अभावमा शीतलहरमा कष्टकर जीवन बिताउँदै आएका १० डोम घरपरिवारलाई सो राहत सामग्री प्रदान गरिएको बताइएको छ ।

‘भोर’ नामक सामाजिक संस्थाद्वारा सिरक, ओढ्ने, ओछ्याउने, म्याट र बालबालिकाका लागि टोपी र रुमाललगायत सामग्री वितरण गरिएको नेपाल पत्रकार महासंघका उपाध्यक्ष श्यामसुन्दर यादवले बताउ । विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि ‘राज्जा रानी’ का निर्माता राजकुमार महतोको नेतृत्वमा त्यहाँ पुगेको टोलीले सो बस्तीमा राहत सामग्री वितरण गरेको होे ।
आर्यन फिल्म प्रोडक्सन र भोर कम्पनी प्रालिद्वारा मैथिली र नेपाली भाषामा निर्मित ‘राज्जा रानी’ यही पुस २१ गतेदेखि देशैभर प्रदर्शनमा रहेको छ ।

जनकपुरमा केकी र नाजिरको बिहे ?? हेर्नुसु मज्जाको भिडियो :

For More videos Log on to Mazzako TV