10157251_300726420080715_1915808662_n मुश्लिम र हिन्दु समुदायबीचको कथालाई नेपाली चलचित्रको माध्यमबाट देखाईने भएको छ । चलचित्रको नाम ‘अलविदा’ राखिएको छ ।

मंगलबार काठमाण्डौको बिग मुभिजमा आयोजित एक कार्यक्रममा यो कुरा जानकारी गराईएको हो । चलचित्र अलविदा हसन खानले आर्यन सिग्देल इन्टरटेन्मेन्टसँग मिलेर बनाउन लगेका हुन् ।

चलचित्रका निर्माता आफुले हिरो हुनकै लागि सिनेमा नबनाएको दाबी गर्छन् । ‘फिल्म बनाउने इच्छा मेरो सानैदेखिको हो, हिरो बन्नकै लागि चलचित्र बनाएको होईन’ खानको प्रतिक्रिया यस्तो छ ।

10151808_300726440080713_1876061922_n

आर्यन सिग्दले चलचित्रको मुख्य भुमिकामा देखिने भएपनि सँगसँगै हसनको पनि मुख्य भुमिका नै हुने बताईएको छ । त्यसो त हसन खान आफै एक कुशल अभिनेता र मोडल पनि हुन् । चलचित्रमा आर्यन र हसनकी नायिका बन्नेछिन अनिता आचार्य ।

चलचित्रमा नायक आर्यन सिग्देल हिन्दु समुदायको प्रतिनिधित्व गर्नेछन भने नायिका अनिता आचार्य र हसन खानले मुश्लिम समुदायको प्रतिनिधित्व गर्ने बुझिएको छ । चलचित्रकी नायिका अनिताका अनुसार फिल्मको स्क्रिप्ट निकै राम्रो भएकाले उनी चलचित्र अलविदा खेल्न राजी भएकी हुन रे ।

लक्ष्यण रिजालले निर्देशन गर्न लगेको यस चलचित्रमा तारा प्रकास लिम्बुको संगीत रहनेछ । चलचित्रको लागि भनेर गायक ताराप्रकास लिम्बुले चारवटा गीत तयार पारिरहेको जानकारी दिएका छन् ।
1972409_300726450080712_484009268_n
चलचित्रलाई रामेश्वर कार्कीले खिच्नेछन् । अलविदामा अष्ट महर्जनको द्वन्द रहनेछ ।

पुर्णत ब्यबसायिक धारमा बन्न लागेको चलचित्र अलविदा बैशाख अन्तिम सातादेखि फ्लोरमा जानेछ । चलचित्रलाई सिराहा, जनकपुर, मकवानपुर, चितवन लगायतका ठाँउहरुमा खिचिनेछ ।

For More videos Log on to Mazzako TV