अमेरिकाको ओहायो राज्यको कोलम्बस सहरमा नेपाल आईडल लाईभ कन्सर्ट हुने भएको छ । यही आँउदो फेब्रुअरी ९ तारिक हुने भब्य कार्यक्रममा नेपाल आईडल बुद्ध लामा, फर्रस्ट रनरअप निशान भट्टराई र सेकेन्ड रनरअप प्रताप दासले आफ्नो प्रस्तुती दिने बताईएको छ । यस बृहत कार्यक्रमको लागि भब्य तयारी भईरहेको आयोजक संस्था होपले जानकारी गराएको छ ।

साँझ ५ बजेदेखि ९ बजेसम्म हुने हुने कार्यक्रममा बुद्ध, निशान र प्रतापले अमेरिकामा आफ्ना गीतहरु मार्फत फ्यानहरुलाई सम्बोधन गर्ने बताईएको छ । पहिलो पटक अमेरिका यात्रामा निक्लन लागेको नेपाल आईडलको टोली पनि कार्यक्रमलाई लिएर निकै उत्साहित देखिएको छ । नेपाल आईडल प्रतियोगिता भईरहदा अमेरिकामा रहेका नेपालीहरुले यो प्रतियोगीतालाई निकै चासोको साथमा हेरेका थिए ।

२५ डलर टिकट रहेको यस कार्यक्रममा ढोकामै टिकट काट्दा भने ३० डलर तिर्नु पर्नेछ । त्यस्तै भिआईपी टिकटको मुल्य ५० डलर राखिएको छ । सिट सिमित भएकाले चाडो टिकट लिएर आफ्नो सिट सुरक्षित गर्न पनि आयोजक संस्थाले सबै दर्शकहरुलाई अनुरोध गरेको छ । कार्यक्रम कोलम्बसको नर्थल्याण्ड पर्फमिङ्ग आर्ट सेन्टरमा हुनेछ ।

हेर्नुस्, काठमाण्डौंमा भएको कन्सर्टमा बुद्ध, निशान र प्रतापको क्रेज :-

 

For More videos Log on to Mazzako TV