रामबाबु गुरुङ निर्देशित यहि पुष २८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मिस्टर झोले’ को ‘कभर भिडियो कम्पिटिसन’ मा ‘क्रिस्टल क्लाउज क्रू’ बिजेता बनेको छ । सोमवार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको ‘ओखती’ बोलको गीतका लागि प्रतिस्पर्धी भिडियो मध्येबाट उत्कृष्ट ३ को घोषण गरियो ।


‘क्रिस्टल क्लाउज क्रू’ ले तयार पारेको भिडियो पहिलो बन्न सफल भयो । यस्तै वान सटमा खिचिएको ‘किशन एण्ड डान्स क्रू’ ले निर्माण गरेको भिडियो दोस्रो घोषित हुदा ‘द डाइनामिक क्रू’ को भिडियो तेस्रो बन्न सफल भयो । प्रथम, दोस्रो, र तेस्रो हुनेले क्रमश १ लाख ५५ हजार, १ लाख २५ हजार र १ लाख ५ हजार नगद पुरस्कार प्राप्त गरे ।


निर्देशक रामबाबु गुरुङले ‘ओखती’ बोलको कभर भिडियो कम्पिटिसनका लागि २५ भिडियो प्राप्त भएको र त्यसमध्येबाट उत्कृष्ट ३ भिडियोलाई विजेता छानिएको बताए । सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्सनको व्यानरमा निर्मित फिल्मलाई टेकेन खड्काले निर्माण गरेका हुन् । कालीप्रसाद बाँस्कोटा र सुजेन कार्कीको संगीत रहेको छ । फिल्ममा दयाहाङ राई, वर्षा राउत, दीया पुन, पुस्कर गुरुङ, बुद्दी तामाङ, प्रवीण खतिवडा, अरुणा कार्की, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय छ ।

For More videos Log on to Mazzako TV