मंसिर महिनाभर चुनाव, त्यसपछिको चिसो नेपाली फिल्मका लागि वाधक देखिएका छ। मंसिरबाट पौषको मसान्त आइपुग्दासम्म कुनै पनि नेपाली फिल्मले दर्शक तान्न सकेका छैनन् । पौष २१ गतेबाट रिलिज भएका ‘राज्जा रानी र फिर्के’ले हलमा दर्शकलाई फर्काउने आशा गरिएको थियो । तर, त्यो पनि संभव हुन सकेन । फिल्मले इनिसियल व्यापार गर्न नसकेपछि सुनसान हल उस्तै देखिएको हो ।

यो विचमा बलिउड फिल्म ‘टाइगर जिन्दा हे’ले केहि नेपाली दर्शकलाई हलसम्म तान्यो । तर, त्यसले नेपाली फिल्मलाई फाइदा भएन । लगातार हलमा दर्शकको उपस्थित कमजोर हुनुलाई धेरैले मौसमको कारण भनेका छन् । तर, दर्शक फिल्मको मेकर र स्टारकास्ट हेरेर हलसम्म आउने गरेका छन् । यो विचमा रिलिज भएका फिल्ममा त्यो अभाव पनि देखिएको छ । पौष २८ गते रिलिज हुने फिल्म ‘मिस्टर झोले’ले दर्शक तान्ने धेरेको विश्वास छ । नभए, अभिनेता अनमोल केसीलाई नै कुर्नुपर्ने देखिएको छ ।

For More videos Log on to Mazzako TV