अजय देवगन र सोनाक्षी खराब कलाकार, केरा अवार्ड दिईयो ।
अचम्मको अवार्ड छ, नाम सुन्दा पनि रमाईलो लाग्ने । ‘गोल्डन केला अवाँर्ड’ अर्थात ‘सुनौलो केरा अर्वाड’ ।
भारतको यो रमाईलो अनि अनौठो अवार्डले यसपाली नायक अजय देवगन र सोनाक्षी सिन्हालाई पनि छाडेन ।
शनिवार नयाँ दिल्लीमा आयोजना गरिएको ‘गोल्डन केला अवाँर्ड’ मा सन् २०१३ का खराब कलाकारको रुपमा अजय र सोनाक्षी रहेको घोषणा गरिएको छ ।
इंडिया हैबिटेट सेन्टरमा आयोजना गरिएको छैठौं केला अवाँर्डमा बलिउडमा सबैभन्दा खराब प्रर्दशन गर्ने कलाकारहरुलाई सम्मानित गरिएको छ ।
अजयलाई चलचित्र ‘हिम्मतवाला’को लागि सबैभन्दा खराब अभिनेताको रुपमा सम्मानित गरिएको हो । त्यस्तै नायिका सोनाक्षी सिन्हालाई ‘आर..राजकुमार’को लागि यस अवार्डमा छानिएको थियो ।
गोल्डन केला अवार्डका क्रियटिभ हेड आनन्द सिंहका अनुसार बलिउडमा बक्स अफिसको आँकडा त मानिसहरुले विस्तारै भुल्दै जानेछन तर केला (केरा) कहिल्यैपनि भुल्नेछैनन् ।
सबैभन्दा खराब सहायक कलाकारको अवार्ड ‘यह जवानी है दिवानी’ बाट आदित्य राज कपूरलाई त्यस्तै गरेर ‘रेस २’ बाट दीपिका पादुकोण, जैकलिन फर्नान्डिज, र अमिसा पटेललाई संयुक्त रुपमा प्रदान गरिएको छ ।
For More videos Log on to Mazzako TV