फिल्म ‘पञ्चायत’को प्रिमियर अमेरिकाको भर्जिनिया शहरमा आयोजना गरिएको छ । फिल्मको प्रदर्शनका लागि अभिनेता सरोज खनाल केहि दिन अगाडि मात्र अमेरिका उडेका थिए । शिवम् अधिकारीले निर्देशन गरेको फिल्मलाई दर्शकले मुक्तकण्ठले प्रशंसा गरेका छन् । फिल्मको कथावस्तु, निर्देशकिय पक्ष र कलाकारको अभिनयलाई दर्शकले उत्कृष्ट भनेका छन् । नेपालमा यो फिल्म चैत्र २ गतेबाट रिलिज हुनेछ ।

अभिनेता सरोज खनालले अमेरिकामा बस्ने दर्शकबाट पाएको मायाले आफू उत्साहित भएको बताएका छन् । फिल्ममा सरोज खनाल, निता ढुंगाना, गणेश गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्मले ५० बर्ष अगाडिको नेपालको एउटा कथालाई उल्लेख गरेको छ ।

For More videos Log on to Mazzako TV