फिल्म ‘अमेरिका ब्वाईज’ को सुटिङ समापन भएको छ । झापा र काठमाण्डौंमा छायांकन गरिएको फिल्मको ६० दिनमा इन्डक्ल्याप गरिएका होे । फिल्मका कार्यकारी निर्माता प्रकाश भूजेलले कथावस्तु अनुरुप छायाँकन गर्दा २ करोड बजेट पुग्न गएको दाबी गरेका छन् । बड्डी इन्टरटेन्मेन्ट र सीबर्ड पिक्चर्सको प्रस्तुतिमा प्रवेश पौडेल निर्दे्शित फिल्मले वैदेशिक रोजगारीको विषयलाई उठान गरेको छ ।

‘अमेरिका ब्वाईज’ मा अर्पण थापा, सृष्टि कार्की, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, सुनिल थापा, हरिहर शर्मा, अभय बराल, आशिस प्रसाईँ, मनिष राउत, रुबि राना, सुवास गजुरेल लगायतले अभिनय गरेका छन् । यमूना खरेल र राज केसी फिल्मका सह निर्माता हुन् ।
फिल्ममा विवेक पाण्डेको कथा, आलोक शुक्लाको छायांकन तथा दीपक आर.जे र जयान जे. वाइवाको संगीत रहेको छ । कमेडी जनरामा निर्माण भएको फिल्म आउँदो वर्षको जेठ ४ गते प्रदर्शनमा आउने निर्माण यूनिटले जनाएको छ ।

For More videos Log on to Mazzako TV