यहि फागुन ११ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउने फिल्म ’रोमियो एण्ड मुना’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । नयाँ पोस्टरमा
फिल्मका मुख्य कलाकार विनय श्रेष्ठ र श्रृष्टि श्रेष्ठ प्रस्तुत भएका छन् । उक्त पोस्टरको डिजाइन सञ्जय थापाले गरेका हुन् । सहरमा बस्ने रोमियो र गाउँकी मुनाको बिचको प्रेम बोलेको रोमियो एण्ड मुनालाई नरेश कुमार केसीले निर्देशन गरेका हुन् ।

बिकिनीका कारणले चर्चामा रहेको फिल्ममा विनय र श्रृष्टिको साथमा सुस्मा कार्की, प्रज्जवल सुजल गिरी, सुरक्षा पन्तको मुख्य भूमिका रहेको छ । फिल्ममा प्रसन्न गोपाल, रोजी श्रेष्ठ र राम शर्माको लगानी रहेको छ । टिजर, पोस्टर र दुई वटा रिलिज गरिसकेको रोमियो एण्ड मुना टिम यतिखेर प्रचार प्रसार लागिपरेको छ ।

For More videos Log on to Mazzako TV