निर्देशक दीपेन्द्र के खनालले नयाँ फिल्म ‘चङ्गाचेट’का लागि निकै महंगो पारिश्रमिक लिएका छन् । दीपेन्द्रलाई निर्माता माधव वाग्लेले यो फिल्मका लागि २५ लाख पारिश्रमिक दिएका छन् । २५ लाख पारिश्रमिक लिएसँगै दीपेन्द्र पनि महंगा निर्देशकको सूचीमा निश्चल बस्नेत र रामबाबु गुरुङकै स्थानमा आइपुगेका छन् । निश्चल र रामबाबुले २५ लाख पारिश्रमिक लिइसकेका छन् । आयुष्मान देशराज, ऋचा शर्मा, रविन्द्र झा, सन्ध्या केसीको मुख्य भूमिका रहने फिल्मका लागि दीपेन्द्रले २५ लाख पारिश्रमिक लिएका हुन् ।

यो फिल्ममा प्रदिप भारद्धाजको लेखन, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहने पक्का भैसकेको छ । फिल्मलाई ब्यङ्ग्यात्मक कमेडी कथामा निर्माण गर्ने दीपेन्द्रले मिडियासँग भनेका छन् । उनले यो फिल्म पूर्ण व्यवसायिक हुने समेत बताए । चैत्र १ गतेबाट फिल्मको छायांकन प्रारम्भ हुनेछ ।

 

For More videos Log on to Mazzako TV