बलिउड अभिनेत्री दीपिका पादुकोणले फिल्म ‘पद्यमावती’का लागि ११ करोड पारिश्रमिक लिएको खबर बाहिरिएको धेरै भैसकेको छ । महंगो पारिश्रमिक लिएर यो फिल्ममा काम गरेकी दीपिकाले त्यसपछि नयाँ फिल्ममा काम गरेकी छैनन् । बलिउडमा एउटै फिल्मबाट चर्को पारिश्रमिक पाउने भएकाले पनि अभिनेत्रीहरु २ बर्ष लगाएर एउटा फिल्ममा काम गर्छन् । तर, नेपालमा भने त्यो अवस्था छैन ।

अभिनेत्री प्रियंका कार्कीले भने एउटा फिल्मबाट ११ करोड पारिश्रमिक दिने हो भने आफूले पनि बर्षमा एउटा मात्र फिल्ममा काम गर्ने बताएकी छिन् । उनले, यो दिन आउन अझै धेरै समय लाग्ने समेत बताएकी हुन् । अभिनेत्री प्रियंकाले आफूले पैसाका लागि फिल्ममा काम नगरेको बताइन् । आफ्नो काम नै बिहान उठेदेखि बेलुकी नसुतेसम्म फिल्ममै रहेकाले बाँच्नका लागि पनि धेरै काम गर्नुपर्ने बताइन् । उनले, आफूले फिल्ममा सेड्यूल मिलाएर काम गरेपनि प्रदर्शनको समयमा सबै एकैपटक परेको समेत दाबी गरेकी छिन् ।

 

For More videos Log on to Mazzako TV