patrakaar sammanचलचित्र पत्रकार संघको नवनिर्वाचित कार्यसमितिलाई नेपाल चलचित्र कलाकार संघले आईतबार कलाकार संघकै कार्यलयमा सम्मान गरेको छ । कार्यक्रममा बक्ताहरुले पत्रकार र कलाकारहरुको सम्बन्ध नङ्ग र मासुको जस्तै भएको बताएका छन् ।

कलाकार संघका अध्यक्ष नवल खड्का पत्रकारहरुले नराम्रो पक्षलाई भन्दा राम्रो पक्षलाई बढावा दिनुपर्ने बताउछन् । चलचित्र क्षेत्रको श्रीबृद्विको लागि पत्रकारहरुले भुमिका महत्वपुर्ण हुने उनको भनाई छ ।

यता, चलचित्र पत्रकार संघका नवर्निवाचित अध्यक्ष शान्तिप्रिय पत्रकार र कलाकार बीच कहिलेकाही विवाद हुनुलाई सामान्य मान्छन् तर पनि त्यस्ता विवाद हुन नदिन आफ्नो संघ क्रियाशिल रहने उनले प्रतिवद्वता ब्यक्त गरे ।

For More videos Log on to Mazzako TV