चलचित्र ‘लाल पुर्जा’का प्रचारसामाग्रीहरुले सिनेमाको हाईप निकै बढाएको छ । माघ ४ गतेबाट सार्वजनिक प्रर्दशनमा आउने यो सिनेमाको दोस्रो प्रोमो यतिबेला सार्वजनिक गरिएको छ ।

प्रोमोका डाईलग र दृश्यहरु पर्पल थिम्याटिक छन्, जसले गर्दा पनि सिनेमाको बिषयबस्तुमा नयाँपन पाउन सकिने आँकलन गर्न सकिन्छ । मितेरी गाँउको कस्तो कथा भन्छ सिनेमाले ? त्यो भने रिलिज पछि नै थाहा होला ।

निकै कौतुहलता जगाउने यो प्रचार सामाग्रीमा अभिनेता बिपिन कार्की, सौगात मल्ल लगायत सिनेमाका मुख्य कलाकारहरुलाई देखाईएको छ । चलचित्र ‘लाल पुर्जा’लाई निगम श्रेष्ठले निर्देशन गरेका हुन् ।

चलचित्र ‘लाल पुर्जा’मा सौगात मल्ल, विपिन कार्कीका अलावा हरिहर शर्मा, कामेश्वर चौरसिया, मेनुका प्रधान, मिरुना मगर लगायत कलाकारहरुलाई पनि देख्न सकिनेछ ।

https://www.youtube.com/watch?v=8TdMZkoqHjk

 

For More videos Log on to Mazzako TV