भारतका चर्चित कमेडियन सुनिल ग्रोवर नेपाल आएका छन् । ‘गुत्थी’ उप-नामले परिचित उनी एक कार्यक्रममा सहभागी हुन नेपाल आएका हुन् । नेपाल आएका सुनिलले शुक्रबार बिहानै पशुपतिनाथको दर्शन पनि गरेका छन् ।

उनले लोकेशन उल्लेख नगरिकन तस्बिर इन्स्ट्राग्राममा पोष्ट गरेका छन् । उनी आफ्नो टिमसहित नेपाल आएका हुन् । काठमाण्डौको सोल्टी होटलमा आज आयोजना हुन लागेको ‘शिवम् सिमेन्ट कृति अवार्ड’मा उनले प्रस्तुती दिने श्रोतले बतायो ।

उनी स्टेज कमेडीमा चर्चित मानिन्छन् । उनको साथमा नेपाली कलाकारहरु अभिनेत्री स्वस्तिमा खड्का, गायक हेमन्त रानाले पनि यो कार्यक्रममा प्रस्तुती दिनेछन् । नरेश भट्टराई र रीमा विश्वकर्माले कार्यक्रम संचालन गर्नेछन् ।

For More videos Log on to Mazzako TV