अभिनेत्री रेखा थापा अब ‘पिंकु मिस’ बनेकी छिन् । नेपालमा फिल्ममा ‘पिंकु’ भनेर अभिनेत्री प्रियंका कार्कीलाई चिनिन्छ । अब, अभिनेत्री रेखा थापालाई भने दर्शकले ‘पिंकु मिस’ भन्ने भएका छन् ।

आजबाट अल नेपाल रिलिज भएको फिल्म ‘राज्जा रानी’मा रेखा थापाको विशेष भूमिका छ । दर्शकका लागि यो सरप्राइज यसको निर्माण टोलीले आजसम्म राखेको थियो । तर, शुक्रबार फिल्मसँगै यसको गीत पनि रिलिज गरियो ।

यम थापाले लेखेको गीतलाई ताराप्रकाश लिम्बुले संगीत भरेका छन् । सहिमा श्रेष्ठको आवाज रहेको गीतको भिडियोलाई विक्रम स्वाँरले कोरियोग्राफी गरेका हुन् ।
यम थापाको निर्देशनमा तयार भएको फिल्मलाई रमेश एक के पौडेलले निर्माण गरेका हुन् । अहिलेसम्म नेपाली फिल्ममा आइटम गर्लको छवि नबनाएकी रेखाले अब यो गीतबाट त्यो छवि पनि बनाउने भएकी छिन् ।

For More videos Log on to Mazzako TV